मेरो न्युजको यो फोटो : माधव नेपालको नयाँ पार्टीभन्दा जुन बढी चर्चामा रह्यो (कसले के भने)

काठमाडौँ । पार्टीभित्रको लामो अन्तर संर्घषपछि अन्ततः नेकपा एमाले विभाजन भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको दल विभाजनसम्बन्धि अध्यादेश प्रमाणीकरण गरेसँगै पार्टी विभाजन भएको हो ।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिन तयार भएका नेता महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गर्ने प्रक्रियामा पार्टीको नाम र चुनाव चिह्न टिपाएका हुन् ।
सोही क्रममा नेता नेपाल दल दर्ता गर्न आयोगमा पुगेका थिए । उनी गाडीबाट निस्केसँगै पत्रकारसँग बोल्ने खोजेका थिए । यस क्रममा नेतृ रामकुमार झाँक्रीले नेता नेपालको हातमा डोर्याएर लगेको फोटो सामाजिक सञ्जालमा चर्चित बनेको छ ।
मेरो न्युज डटकमबाट सार्वजनिक भएको फोटोलाई लिएर सामाजिक सञ्जालमा पक्ष–विपक्षमा टीका टिप्पणी आएका छन् । जसलाई केहीले पहिलो तहका नेतामाथि तेस्रो तहका नेताको हस्तक्षप भनिएको छ, भने केहीले अनैतिक तवरबाट टिप्पण गरेका छन् ।
यो तस्वीरलाई पछिल्लो पुस्ताको शानदार हस्तक्षेप मान्छु म चैं ।
कतिपय कुरामा रामकुमारीजीको आलोचक हुँ तर पुस्तान्तरको हस्तक्षेपको सन्दर्भमा कुनै ‘माईका लाल'(आमाको सुपुत्र) सँग नभएको हिम्मत यिनले देखाइरहेकी छिन् ।त्यस अर्थमा यिनको प्रशंसा गर्छु ।
गजब ! pic.twitter.com/wluHz7IuMH— Sarita Tiwari (@saritatiwari36) August 18, 2021
एक से एक ठूला र सैद्धान्तिक गफको बिस्कुन सुकाउनेहरु विधी, प्रक्रियाको हेपाहा र चरम् अपमानका विरुद्ध उभिन डराए। तर रामकुमारीले यो विम्ब र अलंकार तय गरिन्। संकटमा साथको जग र उर्जा ०६२-०६३ को आन्दोलन हो। उपलब्धी रक्षानुक्रमको यो मेटाफोरका लागि रामकुमारीलाई सलाम। pic.twitter.com/DpbxFkre4z— Narayan Amrit (@amritna) August 18, 2021

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया