आइतबार, वैशाख २८, २०८२

मेरो न्युजको यो फोटो : माधव नेपालको नयाँ पार्टीभन्दा जुन ब‍ढी चर्चामा रह्यो (कसले के भने)

मेरोन्यूज २०७८ भदौ ३ गते १२:२९

काठमाडौँ । पार्टीभित्रको लामो अन्तर संर्घषपछि अन्ततः नेकपा एमाले विभाजन भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको दल विभाजनसम्बन्धि अध्यादेश प्रमाणीकरण गरेसँगै पार्टी विभाजन भएको हो ।

राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिन तयार भएका नेता महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गर्ने प्रक्रियामा पार्टीको नाम र चुनाव चिह्न टिपाएका हुन् ।

सोही क्रममा नेता नेपाल दल दर्ता गर्न आयोगमा पुगेका थिए । उनी गाडीबाट निस्केसँगै पत्रकारसँग बोल्ने खोजेका थिए । यस क्रममा नेतृ रामकुमार झाँक्रीले नेता नेपालको हातमा डोर्याएर लगेको फोटो सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

मेरो न्युज डटकमबाट सार्वजनिक भएको फोटोलाई लिएर सामाजिक सञ्जालमा पक्ष–विपक्षमा टीका टिप्पणी आएका छन् । जसलाई केहीले पहिलो तहका नेतामाथि तेस्रो तहका नेताको हस्तक्षप भनिएको छ, भने केहीले अनैतिक तवरबाट टिप्पण गरेका छन् ।


प्रतिक्रिया