सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार

सुनसरी । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी,भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया