आइतबार, माघ ६, २०८१

लागुऔषध ब्राउन सुगरसहित तीन पक्राउ

मेरोन्यूज २०७८ भदौ ४ गते १२:११


लहान, । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए । रासस

Advertisement

प्रतिक्रिया