शुक्रबार, माघ ११, २०८१

एमाले सांसद र सभामुख अग्नि सापकोटाबीच चर्काचर्की

मेरोन्यूज २०७८ भदौ ४ गते १२:४०
फाइल तस्बिर

काठमाडौं । एमालेले अर्काे दल दर्ता गर्न पुगेका माधव नेपाल सहित १४ सांसदलाई कारवाही गर्न सभामुखमाथी दवाव अभियान बढाएको छ । माधव नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायतका १४ सांसदलाई एमालेले पार्टीबाट कारवाही गरिएकोले पदमुक्त गर्न आग्रह सहितको पत्र मंगलवार संसद सचिवालयमा दर्ता गराएको थियो ।

Advertisement

तर सभामुखले त्यसलाई अध्ययनकै क्रममा राखेपछि तत्काल कारवाही नगरिएको भन्दै एमालेले सभामुखमाथी दवाव वढाएका हुन् ।

विहिबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर एमालेका सांसदहरुले तत्काल सांसद नरहेको सूचना जारी गर्न सभामुखलाई दवाव दिएका थिए । माओवादीले पठाएको पत्रमा तत्कालको तत्काल निर्णय लिने तर एमालेले पठाएकोमा किन नलिएको तुरुन्त पत्र सार्वजनिक गर्न भन्दै प्रमुख सचेतक विशाल भट्टराई, पूर्व गृहमन्त्री खगराज अधिकारी, महेश वस्नेत लगायत नेताहरु विहिवार सभामुखको कार्यकक्षमा पुगेका थिए ।

त्यस अवरसमा सभामुख र एमालेका सांसदहरुका वीचमा केही वेर चर्काचर्की पनि परेको थियो । त्यसपछि शुक्रवार विहानसम्म पदमुक्त गरेको सूचना जारी गर्न सभामुखलाई अल्टिमेटम दिएर एमाले सांसदहरु सभामुखको कार्यकक्षबाट वाहिरिएका थिए ।

श्ुक्रवार विहानसम्म सभामुखले सूचना जारी नगरे सभामुखको कार्यकक्षमै धर्ना दिने, जे पनि हुने भन्दै एमालेकी सचेतक शान्ता चौधरी र महेश बस्नेतले भनेपछि सभामुख सापकोटा पनि जंगिएका थिए । त्यसक्रममा उनले आफुलाई धम्काउन आएको भन्दै एमाले सांसदहरुसँग निवेदनका विषयमा आफुले कानुनी प्रक्रिया अनुसार निर्णय गर्ने र त्यसका बारेमा अहिले अध्ययनकै क्रममा रहेको जावाफ दिएका थिए ।

त्यसपछि एमाले सांसदहरु शुक्रवार विहानसम्म सूचना जारी नभए धर्ना दिन आउने भन्दै वाहिरिएका थिए ।

शुक्रबार सम्म सभामुखले सूचना जारी गरेका छैनन । सूचना जारी नगरेको भन्दै फेरि एमाले सांसदहरु शुक्रवार सभामुखको कार्यकक्षमा विहानै पुगे । तर सभामखु कार्यकक्षमै गईदिएनन । त्यसपछि चौधरीले सभामुखलाई टेलिफोन गरिन् । सभामुख सापकोटाले आफु अन्यत्र काममा रहेको भन्दै कार्यालय आउन नभ्याउने जावफ दिए ।

एमाले सांसद र सभामुखका विषयमा भएको चर्काचर्कीको सचेतक चौधरीले स्वीकार गरेकी छिन् । ‘बिहिबार हामीले तपाईको कार्यकक्षमा आएर भेट्छौँ भनेका थियौँ तर आज उहाँलाई भेट्न जाँदा हामीलाई देखेर सभामुख भाग्नु भएको छ’ एमाले सचेतक चौधरीले भनिन्,–‘बिहिबार सभामुखसँग चर्काचर्की भएकै हो ।’

अन्य दलहरुले कारबाही गरेका सासंदको २४ घण्टामै सभामुखले काम गर्ने अहिले एमालेले कारबाही गर्न भन्दा आलटार सभामुखले गरेका चौधरीको भनाई छ । “ अब नेकपा एमाले चुप लागेर बस्दैन् । हामीले बिहिबार बल प्रयोग गछौँ भनेका थियौं तर त्यसको अर्थ काटमार नै गछौँ भनेको होइन् त्यसलाई गलत तरिकाले बुझियो” उनले भनिन् ।

उनका अनुसार हामीले आन्दोलन गर्नुपर्ने अवस्था नओस भनेका हौँ । हामी चर्काचर्की भएकै हो । हामी दबाब दिन्छौँ । तर सभामुख एउटा व्यक्ति होईन संस्था हाे । अन्य दलहरुले कारबाही गरेका सांसदहरुलाई कारबाही हुने तर एमाले कारबाही गरेका सांसदहरुलाई ७२ घण्टासम्म पनि वास्ता नगर्ने ? उनले थप प्रश्न गरिन् ।


यसैगरी, नेकपा एमालेका नेता महेश बस्नेतले २४ घण्टाभित्र १४ जना पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसदहरुले कारबाही प्रक्रिया अघि बढाउन भन्दा नगरेको भन्दै आक्रोस पोखेका छन् ।


“बिहिबार २४ घण्टाभित्र आफ्ना कारबाही गर्नुहोला भनेर भनेका थियौँ । सभामुख सापकोटाले आफुले विज्ञसँग राय सल्लाह लिईरहेको भन्दै टार्नुभएको छ,” उनले भने ।

शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसदहरुले कारबाही प्रक्रिया अघि बढाउन दवाव दिँदै घेराउ गरेका थिए ।

प्रतिक्रिया