रुकुमको चौरजहारी विमानस्थल स्तरोन्नतिका लागि डेढ अर्ब लागत

काठमाडौं । रुकुमको चौरजहारी विमानस्थलमा स्तरोन्नती योजना बनेको छ । जसको धावनमार्ग निर्माणको तयारी भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
उक्त विमानस्थलमा हाल नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्विनअटर जहाज मात्रै आउजाउ गर्दै आएको उक्त विमानस्थलमा ४० सिट क्षमताको एटीआर ४२–६०० सिरिजका जहाजमार्फत उडान सञ्चालन गराउने उद्देश्य प्राधिकरणको रहेको छ । यद्यपि योजना पारित भएर कार्यान्वयनमा भने गइसकेको छैन ।
हाल ६ सय मिटर लम्बाई र २० मिटर चौडाइ रहेको विमानस्थलको धावनमार्ग १२ सय मिटर लम्बाई र ३० मिटर चौडाइमा विस्तार गर्ने योजना छ । पुरानो र दुर्गम क्षेत्रलाई सेवा दिने विमानस्थल भए पनि साँघुरो हुँदा यहाँ हवाई सेवा कम्पनीहरु आफ्नो उडानका लागि उत्साहित छैनन् ।
विमानस्थलको भावनमार्ग विस्तारसँगै भवन संरचना र सुविधा पनि थप गरिने प्राधिकरणका वरिष्ठ इन्जिनियर एवं निर्देशक प्रदीप अधिकारीले बताए । प्राधिकरणका अनुसार चौरजहारी विमानस्थल विस्तारका लागि दुई विकल्प छ। जसमा रनवेको एक हजार र १२ सय मिटरमा विस्तारको छ ।
पहिलो विकल्प अन्तर्गत धावनमार्ग एक हजार मिटर लम्बाइ र २० मिटर चौडाइ विस्तारका गर्दा जग्गा अधिग्रहणमा मात्र साँढे ३४ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ । यो बाहेक धावनमार्ग, भवन, पार्किङ लगायत पूर्वाधार तयारीका लागि थप ४० करोड लागत अनुमान गरिएको छ ।
दोस्रो विकल्प अन्तर्गत विमानस्थलको लम्बाई १२ सय मिटर र चौडाइ ३० मिटरमा विस्तार गर्ने भन्ने छ । यसमा जग्गा अधिग्रहणका लागि मात्र ८८ करोड रुपैयाँ लागत आउने अनुमान गरिएको छ । यसबाहेक विमानस्थलको धावनमार्ग, भवन संरचना,पार्किङ लगायत पूर्वाधार तयार गर्नका लागि थप ५० करोडको लागत पर्ने अनुमान छ ।
प्राधिकरणले तयार पारेको विवरण अनुसार यो क्षेत्रमा अहिले जग्गाको भाउ प्रति आना दुई लाख रुपैयाँ छ । जेटस्ट्रिम, ट्विनअटर लगायत साना जहाजमार्फत उडान हुँदै आएको यो विमानस्थल एटीआर–७२ आउजाउ हुने गरी विस्तार गर्ने योजनामा काम भइरहेको प्राधिकरणले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माको पहलमा यो विमानस्थलको स्तरोन्नति गर्न लागिएको प्राधिकरणको दाबी छ ।
चौरजहारी विमानस्थल वि.सं. २०२४ सालमा निर्माण भएको हो ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया