निर्वाचन आयोगले नेपाल र ठाकुरलाई ९ गते बोलायो
मेरोन्यूज
२०७८ भदौ ४ गते १७:२६

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरलाई ९ गतेका लागि बोलाएको छ । नेपाल र ठाकुरले नयाँ दल दर्ता गरेपछि सनाखतको लागि ९ गते बलाएको निर्वाचन आयोगले जनाएको छ ।
लगातार सार्वजनिक बिदा भएकाले नेपाल र ठाकुरको दल सनाखत गर्न ९ गते बुधबारका लागि बोलाएको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले बताए । यस्तै नेपाल र ठाकुरले शुक्रबार आफ्नो दलको नाम परिवर्तन गरेका छन् ।
कानुनअनुसार कुनै दलको नाम र चुनाव चिन्हसँग मिल्ने दल दर्ता गर्न नपाउने भन्दै आयोगले नेपाल र ठाकुरलाई दलको नाम परवर्तन गर्न भनेको थियो । त्यही अनुसार नेपालले दलको नाम (एकीकृत समाजवादी) प्रस्ताव गरेका छन् भने ठाकुरले लोकतान्त्रिक समाजवादी प्रस्ताव गरेका छन् । माधव नेपालको दलले प्रमाणपत्र नपाएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
सम्बन्धित















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज शनिबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया