सीमा नाकाबाट चार लाखको रुद्राक्ष माला बरामद
मेरोन्यूज
२०७८ भदौ ४ गते २१:५५
कञ्चनपुर । सशस्त्र प्रहरीले सीमा नाका त्रिनगर (डोकेबजार) क्षेत्रबाट चार लाख मूल्य बराबरको भारत तस्करी हुनलागेको रुद्राक्षमाला आज बरामद गरेको छ ।
बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बनबिचारी मल्लको कमाण्डमा खटिएको गस्ती टोलीले भन्सार छलेर भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थाको एक हजार ८६० वटा माला (२०० किलो) बरामद गरेको हो ।
बरामद रुद्राक्ष त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । रुद्राक्ष मालाको अवैध कारोवारमा संलग्नको खोजी जारी रहेको उनको भनाइ छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया