कोरोना कहरः ह्वात्तै घट्यो क्वाटी र जनैको व्यापार

काठमाडौँ । जनै पूर्णिमाको दिन खाइने क्वाटीको व्यापार घटेको छ । चाडबाडको समयमा बढ्ने गरेको व्यापार कोरोना महामारीको कारण घटेको हो । यस्तै जनैको व्यापारमा समेत कमि आएको छ ।
जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुबैको व्यापार गत वर्षको तुलनामा धेरै कम भएको बताएका हुन ।
असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाटी शरीरलाई तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’
यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दुर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए । उनले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन् । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।
जनै पूर्णिमाका दिन नेवार समुदायले क्वाटी पुन्हीको रुपमा समेत मनाउने गरेका छन् । विगतका वर्षहरूमा उत्साहजनक व्यापार हुने गरेको भएपनि यो वर्ष कोरोना महामारीको कारण बजारमा उत्साह आउन नसकेको व्यापारीहरुको बुझाई छ ।









निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया