कोरोना कहरः ह्वात्तै घट्यो क्वाटी र जनैको व्यापार

काठमाडौँ । जनै पूर्णिमाको दिन खाइने क्वाटीको व्यापार घटेको छ । चाडबाडको समयमा बढ्ने गरेको व्यापार कोरोना महामारीको कारण घटेको हो । यस्तै जनैको व्यापारमा समेत कमि आएको छ ।
जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुबैको व्यापार गत वर्षको तुलनामा धेरै कम भएको बताएका हुन ।
असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाटी शरीरलाई तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’
यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दुर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए । उनले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन् । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।
जनै पूर्णिमाका दिन नेवार समुदायले क्वाटी पुन्हीको रुपमा समेत मनाउने गरेका छन् । विगतका वर्षहरूमा उत्साहजनक व्यापार हुने गरेको भएपनि यो वर्ष कोरोना महामारीको कारण बजारमा उत्साह आउन नसकेको व्यापारीहरुको बुझाई छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया