फरार पाँच अभियुक्त पक्राउ

लहान । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना सुनाइएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो छन् ।
यस्तै लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद र ३० हजार जरिवाना सजाय ताकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया