उखु किसानलाई भुक्तानी दिन किसान संगठनहरूको माग

काठमाडौँ । उखु उत्पादक किसानहरूलाई भुक्तानी नदिएको भन्दै किसान संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । चिनी मिल र अन्य व्यापारीहरूलाई उखु बिक्री गरेको किसानले लामो समयदेखि भुक्तानी नपाएको भन्दै संगठनले विज्ञप्ति निकालेको हो ।
‘अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनु पर्ने भुक्तानी तत्काल उपलब्ध गारउने र किसानलाई सडकमा आउनु पर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठन र उखु किसानहरूलाई झुठो आश्वासन दियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, आफ्नो बचन पूरा गरेन, किसानहरू जिल्ल परे, परिणमतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ ।’
संयुक्त विज्ञप्तिमा नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसा संघका प्रमुखहरूले हस्ताक्षर गरी उखु किसानको माग सम्बोनध गर्न आग्रह गरिएको हो ।











काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया