उखु किसानलाई भुक्तानी दिन किसान संगठनहरूको माग

काठमाडौँ । उखु उत्पादक किसानहरूलाई भुक्तानी नदिएको भन्दै किसान संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ । चिनी मिल र अन्य व्यापारीहरूलाई उखु बिक्री गरेको किसानले लामो समयदेखि भुक्तानी नपाएको भन्दै संगठनले विज्ञप्ति निकालेको हो ।
‘अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनु पर्ने भुक्तानी तत्काल उपलब्ध गारउने र किसानलाई सडकमा आउनु पर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठन र उखु किसानहरूलाई झुठो आश्वासन दियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, आफ्नो बचन पूरा गरेन, किसानहरू जिल्ल परे, परिणमतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ ।’
संयुक्त विज्ञप्तिमा नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसा संघका प्रमुखहरूले हस्ताक्षर गरी उखु किसानको माग सम्बोनध गर्न आग्रह गरिएको हो ।


















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया