वाणिज्य बैंकहरुले लाभांश दिदै

काठमाडौं । शेयर बजारमा सुचिकृत बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकताले कसले कति लाभांश देला भन्ने चर्चा गर्न थालेका छन् ।
वित्तीय विवरण संचालनमा रहेका २७ वटै बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार २७ वटै बाणिज्य बैंक गत आर्थिक वर्षमा नाफामै रहेका छन् । सबै बैंक नाफामा रहेपनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको बताइएको छ ।
२०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आर्थिक बर्षको आम्दानीमा लेखांकन गर्न पाईने व्यवस्थाले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमताभन्दा थप बढेर आउँन सक्छ ।
यहाँ उल्लेख गरिएको बाणिज्य बैंकहरुको लाभांश क्षमता र दिन सक्ने लाभांशको दर बैंकहरुको बिभिन्न कोषहरुमा भएको पैसा र अहिले सार्वजनिक भएको चौथो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर तयार गरिएको हो ।
२७ वटा बाणिज्य बैंकहरुमध्ये गत आर्थिक बर्ष सबैभन्दा बढी खुद मुनाफा आर्जन गर्नेमा नबिल बैंक सबैभन्दा अगाडी छ भने उसलाई ग्लोबल आइएमई र राष्ट्रिय बाणिज्य बैंक तथा कृषि विकास बैंकले पछ्याएका छन् । नबिल बैंकले ४ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्दा ग्लोबल आईएमईले ४ अर्ब २३ करोड, राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब ७९ करोड र कृषि विकास बैंकले ३ अर्ब ६९ करोड खुद मुनाफा गरेका छन् ।
त्यस्तै २७ मध्ये प्रति सेयर आम्दानी सबै भन्दा बढी राष्ट्रिय बाणिज्य बैकको रहेको छ भने उसलाई कृषि विकास बैंक र नबिल बैंकले पछ्याएका छन् । राष्ट्रिय बाणिज्य बैंककोप्रति सेयर आम्दानी ३७ रुपैयाँ २७ पैसा छ भने उसलाई पछ्याएको कृषि विकास बैंकको ३३.६२ र नबिल बैंकको ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ भने सबैभन्दा बढी लाभांश बाँड्न सक्ने बैंकमा नबिल बैंक अगाडी देखिएको छ । कृषि विकास बैंकको लाभांश क्षमता ५३.७६ प्रतिशत रहेको छ भने नबिल बैंकले बाँड्न सक्ने लाभांश ३९ प्रतिशत देखिएको छ ।
यसैबीच गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा १.६१ प्रतिशतले घटाएका छन् ।
आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरुको बेस रेट ८ दशमलव ५० प्रतिशत रहेको थियो । यो घटेर २०७७/७८ को असार मसान्तसम्म ६ दशमलव ८९ प्रतिशतमा झरेको छ । बैंकहरुले बेस रेटमा केही प्रतिशत जोडेर आफ्नो ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले बेस रेटमा कति प्रिमियम जोड्ने भने बैंकहरुलाई नै अधिकार दिने उल्लेख गरेको छ । तर उद्यम व्यवसाय सञ्चालन गर्न १ करोड रुपैयाँ वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम् २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया