बिहीबार, पुष ३, २०८२

आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

ज्यो. दिवाकर पन्त २०७८ भदौ ७ गते ६:२३

काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ७ गते सोमबार, भाद्र कृष्णपक्षको प्रतिपदा तिथि । आज गाईजात्रा पर्व रहेको छ । अब लागौं आजको राशिफलतर्फः

मेष
व्यवसायमा आवद्धहरुको हकमा समय शुभदायी । सेवा क्षेत्रमा उल्लेख्यनीय उपलब्धि नभए पनि अशुभ पनि रहने छैन् । प्राप्त भए गरेका सकारात्मक पक्षमा खुशी हुन सिक्नु होला । बोलीमा कडापन आउँदा भएकाले यसबारेमा विचार पुर्याउनु होला ।

वृष
व्यक्तित्वमा दृढता आउने छ । रिस धेरै उठ्ने भएकाले नियन्त्रणमा ध्यान दिनु होला । तर व्यवस्थापकीय खुवीका कारण सबैलाई मिलाएर लैजाने क्षमता हुने छ । प्रेमले भरिएको व्यक्तित्व हुने छ । व्यापार, विजनेशमा आवद्धहरुका लागि समय अनुकुल रहने छ ।

मिथुन
पेशागत क्षेत्रमा सकारात्मक नतिजा प्राप्त हुने छ । साथिभाइको साथले कठिनाईमा मद्धत मिल्ने छ । परिवारमा बादबिबाद र चर्काचर्की देखा पर्ने भएकाले सतर्क रहनु उपुक्त हुने छ । मनमा दुविधा धेरै आउने भएकाले निर्णय लिन कठिन हुने छ ।

कर्कट
साझेदारीमा गरिएका कामहरुमा अन्योलता उत्पन्न हुने भएकाले सतर्क रहने छ । धन सम्पत्तिका विषयमा सतर्क रहनु होला । शारीरिक र मानसिक रुपमा थकाई धेरै लाग्न जाने भएकाले मनोबल कमजोर हुन पुग्ने छ । यसले कार्यक्षमतामा पनि असर पार्ने छ ।

सिंह
साझेदारीमा गरिएका काममा साझेदारहरु बीच भनाभन हुने अवस्था आउने भएकाले सतर्क रहनु होला । शारीरमा विभिन्न खाले कष्ट देखा पर्ने छ । सुख सन्तोषको पक्षमा गिरावट आउने छ । पेशागत जीवनमा भने उन्नति प्रगति हुने छ ।

कन्या
मेहनत र पराक्रमपनामा बढोत्तरी हुँदा क्रियाशिलता बढ्न जाने छ । भाग्यहिनताको आभाष भने मनमा लागि रहने छ । आम्दानीमा अपेक्षा गरे जस्तो नतिजा आउने छैन् । पेशागत जीवनमा न त धेरै उन्नति न त अवनति अर्थात औसत खालको रहने छ ।

तुला
पेशागत जीवनमा केही अस्थिरता संकेत आउने भएका कारण यस बारेमा सतर्कता अपनाउनु होला । व्यवस्थापकीय क्षमतामा ह्रास आउने भएकाले प्राप्त जिम्मेबारी निभाउँदा व्यवस्थापकीय विषयमा पर्याप्त ध्यान दिनु उपयुक्त हुने छ । पारीवारिक जीवनमा खुशी र मिलन आउने छ । बोलीमा आउने नरमपनाले अरुको मन जित्न सकिने छ ।

वृश्चिक
मनमा नकारात्मक विचारले गर्दा निराशा देखा पर्ने छ । पेशागत जीवनमा अपेक्षा नगरिएका क्षेत्रहरुबाट समेत चुनौति देखा पर्न जाने भएकाले सतर्कतासहित पाइला चाल्नु होला र धैर्यतासाथ काम गर्नु होला ।

धनु
शरीरमा चोट पटक जस्तो अवस्था आउने भएकाले यात्रामा विशेष संयमता अपनाउनु होला । पेशागत जीवन औसत रहने छ । पारीवारिक जीवनमा खुशीयाली छाउने छ । परिवारका सदस्यहरुको मद्धतले गर्दा कार्य सफलता प्राप्त हुने छ । साझेदारमिा गरिएका कामहरुमा सतर्कतासहित पाइला चाल्नु होला ।

मकर
व्यक्तित्व दृढ खालको हुने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा फाइदामा बढोत्तरी हुने छ । आम्दानीका स्रोतहरुमा पहुँच बढ्ने छ । यसले गर्दा इच्छापूर्तिमा मद्धतसमेत पुग्ने छ ।

कुम्भ
प्रतिष्पर्धीहरुसँग जुध्न तागत कम आउने भएकाले उच्च मनोबलसहित दृढ रहनु होला । पेशागत जीवन औसत हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । प्रतिष्पर्धात्मक स्वाभावमा हल्का कमि देखिँदा यसले कार्य सम्पन्नतामा प्रभावित पार्ने छ ।

मीन
पेशागत जीवनमा सचेत भएर निर्णयहरु लिनु पर्ने अवस्था रहने छ । चलाखीपनामा बृद्धि हुने हुँदा उपयुक्त समयमा उपयुक्त विचार आउने छ । आम्दानीको दरमा केही बढोत्तरी हुने छ । भाग्य बलियो रहेको छ । पेशागत जीवनमा धेरै प्रतिष्पर्धाबाट अघि बढ्नु पर्ने समय रहेको छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया