शनिबार, माघ १२, २०८१

के भोलिदेखि निषेधाज्ञा कडाई हुन्छ ?

दया दुदराज २०७८ भदौ ७ गते १८:१६

काठमाडौँ । कोरोना भाइसर (कोभिड–१९)को बढ्दो संक्रमणसँगै काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञामा कडाई गर्ने हो कि भन्ने जिज्ञासा धेरैमा पैदा भएको छ । यद्यपि, काठमाडौँमा निषेधाज्ञा जारी नै छ ।

Advertisement

काठमाडौंमा रात्रि ७ बजेपछि अत्यवश्यकबाहेक कामहरु पूर्ण रुपमा निषेध गरिएको थियो । तर, रात्रि
कालीन निषेधाज्ञा गर्दासमेत कोरोना संक्रमण दर बढ्ने क्रम नरोकिएपछि फेरि कडाईका साथ निषेधाज्ञा हुने जनचासोको विषय बनेको छ ।

कोरोना संक्रमणका बीच विभिन्न धार्मिक कार्यक्रम निरन्तर जारी छ । तर, कोरोनाको संक्रमण दर भने घटेको छैन । यस्तो अवस्थामा फेरि निषेधाज्ञा कडाई हुने त होईन ? सबैको साझा जिज्ञासा बनेको हो ।

काठमाडौँमा जारी निषेधाज्ञा भोलि सकिदै छ । यद्यपि, संक्रमितहरूको दर भने घट्न सकेको छैन । बैठक पूर्व लकडाउन कडाई गर्ने कि नगर्नेबारे केही भन्न सकिन अवस्था नरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीले कल्पना घिमिरे नेपालले मेरोन्यूजलाई जानकारी दिए ।

उनले भने, ‘दिनप्रतिदिन संक्रमितको दर घट्ने र बढ्ने क्रम जारी छ, भोलिदेखि निषेधाज्ञालाई थप कडाई गर्ने हो या नगर्ने भन्नेबारे केही भन्न सकिदैन, भोलि डिसिएमसीको बैठक बसेपछि मात्रै के गर्ने भन्ने तय हुन्छ ।’

कोरोना संक्रमणको दरलाई हेर्दा त फेरि कडाई गर्ने हो की भन्ने जनगुनासो र चौतर्फी जिज्ञासा छ, यस्तो समयमा के निर्णय गर्ला ? यो प्रश्नमा सहायक प्रजिअले भनिन्, ‘भोलि बिहान (भदौ ८)मा जिल्लाको सुरक्षाकर्मी, स्वाथ्यकर्मीसहितको जिल्ला प्रशासन कार्यालयको पदाधिकारी र डिसिएमसीको पदाधिकारीसहितको बैठकले कोरोना संक्रमण दरको अध्ययन गरेर मात्रै कडाई गर्छ वा गर्दैन भन्न सक्छ, यत्तिकै यकिनका साथ भने भन्न सकिदैन ।’

कोरोना संक्रमणको दर बढेसँगै तेस्रो लहर आउने चिकित्सकहरुले बताउँदै आएका छन् । देशमा पछिल्लो समय कोरोना संक्रमणको दर बढेको देखिन्छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना संक्रमितको दर पछिल्लो २ हप्तामा बढेको देखिन्छ ।

यो हप्तासमेत निषेधाज्ञा जारी नै छ । तर, कोरोना संक्रमितको दर भने घटेको छैन । यस्तो कोरोनाको दर बढ्दै गरेको समयमा डिसिएमसीको निर्णयपछि नै कडाई हुन्छ कि हुँदैन भन्ने टुंगो हुन्छ । तर, विभिन्न जनचिकित्सकहरु भने यस्तो अवस्थामा जोखिम नलिई निषेधाज्ञालाई कडाई गर्न सुझाउँदै आएका छन् ।

कोरोनासँग लड्नको लागि कोरोनाविरुद्धको खोप हैन भने निषेधाज्ञा नै विकल्पमा रहेका चिकित्सले बताएका छन् । काठमाडौंमा रात्रि कालीन निषेधाज्ञा छ । तर, यस्तो अवस्थामा समेत रात्रिको हलचललाई नियन्त्रण गर्नका लागि लागु गरिएको निषेधाज्ञाले खासै संक्रमण दर घटेको जस्तो भने देखिदैन ।

रात्रि कालीन निषेधाज्ञा नै उचित रहेको समेत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बास्तोलाले मेरोन्यूजलार्य जानकारी दिए । उनले भने, ‘यसलाई मानिसहरुले हास्यास्पद निर्णय भन्दै बताएका छन् तर यसले कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउछ भन्ने कुराप्रति कसैले चासो दिएका छैनन् ।’

प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयले रातिको समयमा हुने भिडभाडलाई नियन्त्रण गर्न मद्दत पुर्याउने डा.बस्तोलाले बताए । उनले भने, ‘सबैले राति खाली हुन्छन् भन्छन्, तर पार्टी प्यालेसहरुमा रात्रिको समयमा हुने जम्काभेट, राति भट्टी र रक्सी पसलमा हुने जमात र रात्रि कालीन क्लबहरुमा हुने भिडभाडले समेत यसको प्रभाव बढाएको थियो । काठमाडौंको निर्णयले यस्ता गतिविधिहरुमा रोक लगाउछ जसका कारण स्वास्थ्य मापदण्डहरु अपनाईन्छ र कोरोना पराजयमा सहयोग पुग्न सक्छ ।’

देशमा खोप आउने क्रम जारी छ । तर, लगाउन भने पाएका छैनन् । यसैले कोरोनाको संक्रमण दर बढेको हो कि भन्ने चिकित्सकहरुले मनन गरेका छन् ।

निषेधाज्ञाबाट आजित सर्वसाधरण

कोरोनाको संक्रमण दर बढ्दो छ । चिकित्सकहरुले समेत निषेधाज्ञा नै विकल्प रहेको बताउँदै आएका छन् तर, सर्वसाधरणहरुले भने निषेधाज्ञाको विकल्पमा खोप हुनुपर्ने बताएका छन् ।

कोरोना संक्रमणबाट थलिएको नेपालमा पहिलो चरण दोस्रो चरण हुँदै तेस्रो चरण प्रवेशद्वारमा छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको विकल्पमा सरकारले निषेधाज्ञा गर्दै आएको छ ।

चिनको वुहानबाट सुरु भएको कोभिड–१९ नेपालमा समेत २०७६ सालको अन्त्यबाट देखिन थालेको थियो । पहिलो चरणमा केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देशभर ०७६ साल चैत ११ गतेबाट निषेधाज्ञाको घोषणा गरियो । निषेधाज्ञासँगै आन्तरिक र बाह्य हवाईसमेत बन्द गरिएको थियो ।

लगत्तै देशका विभिन्न श्रमिक वर्ग र व्यवसायीका साथै सर्वसाधरणहरु निषेधाज्ञाबाट आजित भएका थिए । भने निषेधाज्ञाका कारण धेरै विद्यार्थीहरुको शैक्षिक वर्ष खेर गएका छन् ।

देशमा कोरोनाको तेस्रो लहर आउन सक्ने डरसँगै निधेज्ञाधाको त्राससमेत देशका सर्वसाधरणमा देखिन थालेको छ । सर्वसाधरणहरुले लकडाउनको बहिस्कार गर्दै कोरोनाविरुद्ध खोपको माग गर्दै आएका छन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया