नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमबार नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ । नयाँ जर्सीलाई नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष र माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् ।
जर्सीको डिजाइन बापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । आज सार्वजनिक भएको जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।
कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिती रहेको थिएन । काठमाडौंमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि नेपाल क्रिकेट संघ क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मागिएको थियो ।
आज सार्वनिक भएको जर्सी मंगलबार (भोली) ओमान जाने नेपाली टिमले लगाउने छ । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको नेपाल क्रिकेट संघले बताएको छ ।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया