सेजन र केयूले अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने

काठमाडौं । अर्थतन्त्रका विविध विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) काठमाडौं युनिभर्सिटी (केयू)बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
केयूका उपकुलपति प्रा.डा भोला थापाको उपस्थिीमा सेजनका अध्यक्ष भीमप्रसाद गौतम र केयू स्कूल अफ आर्टसका डिन प्रा. डा. सागरराज शर्माबीच सहकार्यको सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार, अर्थतन्त्रसँग सम्बन्धित नीति, सार्वजनिक संवाद, तालिम, अभिमुखीकरण, अन्तरक्रियाका साथै अध्ययन अनुसनधानमा सहकार्य हुने छ ।
काठमाडौं युनिभर्सिटीले नेपालको अर्थतन्त्रमाथि उकास्न विभिन्न कार्य गरेपनि त्यसलाई जनतासामु लैजान नसकेको उपकुलपति डा. थापाले बताए ।
‘केयूले विभिन्न क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘तर, जनता तथा नीति निर्मातासामू लैजान सकिएको छैन । हामीले गरेको कार्यलाई मिडियामार्फत जनतासामु लैजान सेजनले महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।’
आर्थिक पत्रकार समाजका अध्यक्ष भीमप्रसाद गौतमले केयूले गर्ने हरेक अध्ययन तथा अनुसन्धानमा सेजनका सदस्यलाई सहभागी गराएर लैजान आग्रह गरे । त्यसका अलावा उनले केयूबाट हुने हरेक गतिविधि आर्थिक पत्रकारलाई महत्वपूर्ण हुने उनको भनाई थियो ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया