सेजन र केयूले अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने

काठमाडौं । अर्थतन्त्रका विविध विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) काठमाडौं युनिभर्सिटी (केयू)बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
केयूका उपकुलपति प्रा.डा भोला थापाको उपस्थिीमा सेजनका अध्यक्ष भीमप्रसाद गौतम र केयू स्कूल अफ आर्टसका डिन प्रा. डा. सागरराज शर्माबीच सहकार्यको सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार, अर्थतन्त्रसँग सम्बन्धित नीति, सार्वजनिक संवाद, तालिम, अभिमुखीकरण, अन्तरक्रियाका साथै अध्ययन अनुसनधानमा सहकार्य हुने छ ।
काठमाडौं युनिभर्सिटीले नेपालको अर्थतन्त्रमाथि उकास्न विभिन्न कार्य गरेपनि त्यसलाई जनतासामु लैजान नसकेको उपकुलपति डा. थापाले बताए ।
‘केयूले विभिन्न क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘तर, जनता तथा नीति निर्मातासामू लैजान सकिएको छैन । हामीले गरेको कार्यलाई मिडियामार्फत जनतासामु लैजान सेजनले महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।’
आर्थिक पत्रकार समाजका अध्यक्ष भीमप्रसाद गौतमले केयूले गर्ने हरेक अध्ययन तथा अनुसन्धानमा सेजनका सदस्यलाई सहभागी गराएर लैजान आग्रह गरे । त्यसका अलावा उनले केयूबाट हुने हरेक गतिविधि आर्थिक पत्रकारलाई महत्वपूर्ण हुने उनको भनाई थियो ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया