शनिबार, माघ १२, २०८१

एकीकृत समाजवादी दर्ता गर्न ५६ केन्द्रीय सदस्यले गरे सनाखत

मेरोन्यूज २०७८ भदौ ९ गते १५:०७

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि ५६ केन्द्रीय सदस्य र २९ जना सांसद्ले सनाखत गरेका छन् ।

Advertisement

नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५६ जना केन्द्रीय सदस्य र २९ जना सासंद्हरुले सनाखत गरेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

५८ जना केन्द्रीय सदस्यले पेस गरेको तर दुई जनाको अनुपस्थितीका कारण ५६ जना केन्द्रीय सदस्य र २९ जना सांसद्हरुले सनाखत गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट सनाखत गरेका छन् ।

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।

प्रतिक्रिया