नेप्सेका प्रमुखको राजिनामाले धितोपत्र बोर्डका अध्यक्ष र संचालक समस्यामा

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिंह साउदको राजिनामाले अरुलाई मारमा पारेको छ । अन्तराष्ट्रिय कानुन र नैतिकताको आधार देखाएर साउदले राजिनामा दिएपछि धितोपत्र बोर्डका अध्यक्ष र संचालक समस्यामा परेको प्रष्ट देखिएको हो ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल उद्योग बाणिज्य महासंघबाट प्रतिनिधित्व गरी बोर्ड संचालक बनेका चन्द्र ढकालले नैतिकताको आधारमा स्वतः राजीनामा दिनुको विकल्प नभएको शेयर विश्लेषकको भनाई छ । यद्यपी यसबारेमा मेरोन्युजले पटकपटक अध्यक्ष ढुंगाना र सञ्चालक ढकाललाई सम्पर्क राख्दा प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।
सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा ढुंगाना र ढकाल पनि बिबादित बनेका छन् । ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा र ढकालले आफ्ना भाइको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए ।
शेयर बजारको फ्रन्ट लाइनरको रुपमा लिईने नेप्सेको प्रमुख कार्यकारी पदमा रहदाको अवस्थामा साउदले आफ्नो श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेपछि उनी विवादित बनेका थिए ।
अर्थ समितिमा समेत नियामकीय पदमा बसेर यस प्रकरणमा मुछिएकाहरुलाई पदबाट राजिनामा दिन लगाएर स्वतन्त्र रुपमा छानबिन गर्नुपर्ने आवाज उठेको थियो ।
अर्थसमितिमा सांसदहरुले यस्तो आवाज उठाएको पहिलो कार्य दिनमै साउदले सीईओ पदबाट राजिनामा दिएपछि ढुंगाना र ढकाल पनि अप्ठ्यारोमा परेको प्रष्ट छ ।
यसअघि धितोपत्र कर्मचारी युनियनलेसमेत अध्यक्ष ढुंगाना र सञ्चालक ढकालमाथि यथाशिघ्र छानबिन गरी ढोषीमाथि कारबाहीको माग गरेका थिए । युनियनले विभिन्न सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारलाई आधार मानि अर्थमन्त्रालयले बोर्डलाई सोधेको स्पष्टिकरणले कर्मचारीलाई विरोधमा उतारेको हो ।
यो पनि पढ्नुहोस्

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया