जिउँदै मानिस जलाएका आलमको सुनुवाई रोकियो

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई रोकिने भएको छ । पटक–पटक पेसी तोकेर सुनुवाई हुन रोकिएको यस मुद्दा आज पनि रोकिने भएको हो ।
विपक्षी पक्षको कानुन व्यवसायीले सुनुवाई रोक्न माग गरेसँगै उक्त मुद्दामा सुनुवाई नहुने भएको हो । सर्वोच्च अदालतले आलमको मुद्दा सुनुवाई गर्न न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकेको थियो ।
निर्वाचनको समयमा गृह जिल्लामा जिउँदै मानिस जलाएको अभियोगमा आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उक्त आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा जेल मुक्त हुन निवेदन दिएका थिए ।
२०७६ असोज २६ मा पक्राउ परेका आलम कांग्रेसबाट रौतहट जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । उनीमाथि करिब दुई दर्जन मानिसलाई जिउँदै जलाएको आरोप छ ।
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया