जिउँदै मानिस जलाएका आलमको सुनुवाई रोकियो

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई रोकिने भएको छ । पटक–पटक पेसी तोकेर सुनुवाई हुन रोकिएको यस मुद्दा आज पनि रोकिने भएको हो ।
विपक्षी पक्षको कानुन व्यवसायीले सुनुवाई रोक्न माग गरेसँगै उक्त मुद्दामा सुनुवाई नहुने भएको हो । सर्वोच्च अदालतले आलमको मुद्दा सुनुवाई गर्न न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकेको थियो ।
निर्वाचनको समयमा गृह जिल्लामा जिउँदै मानिस जलाएको अभियोगमा आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उक्त आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा जेल मुक्त हुन निवेदन दिएका थिए ।
२०७६ असोज २६ मा पक्राउ परेका आलम कांग्रेसबाट रौतहट जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । उनीमाथि करिब दुई दर्जन मानिसलाई जिउँदै जलाएको आरोप छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया