मुलुकमा स्थिरताका लागि अध्यादेश ल्याउनु बाध्यता हो : प्रवक्ता शर्मा
मेरोन्यूज
२०७८ भदौ १२ गते २१:२३

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनु पर्ने धारणा राखेका छन् । पार्टीको झापाको दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गरेका हुन् ।
उनले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनु परेको बताए । “कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनु पर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो”, उनले भने ।
अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै प्रवक्ता शर्माले भने , “वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाध्यता हो ।”
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया