युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन

तनहुँ । ‘स्वदेशमै केही गरौं’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिपर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् ।
व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए ।
उनका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हुँदै आएको छ । उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हुँदै आएको छ ।
करिब दुई करोड रुपैयाँ लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । उनले भने, “सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाका अवधिमा करिब २० हजार उत्पादन गरिएको छ ।” छोटो अवधिमा बजार क्षेत्र पकड लिन सकेकाले थप हौसला मिलेको उनले बताए ।
आसपास जिल्लाका व्यपारीलाई काठमाडौं, नारायणगढबाट ल्याएको भन्दा एक÷दुई रुपैयाँ सस्तो दिँदा व्यवसायी पनि खुशी भएका छन् । टाढाबाट सामान खरिद गरी ल्याउँदा महङ्गो गाडी भाडा तिर्नुपर्ने यहाँका व्यवसायीले केही हदसम्म भए पनि राहतको महसुस गरेका छन् ।
उद्योगमा हाल छ जनाले काम गरिरहे पनि बजारको मागअनुरुप सामान उत्पादन गरी पुर्याउन गाह्रो भएको निर्देशक राउत बताउनुभयो ।
उत्पादित सामानमा कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले बताए । राम्रो, गुणस्तर र बलियो भएका कारण सबैको मन जित्न सफल भएको महसुस गरेका छौं”, उनले भने ।
कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यावसायिक तरकारी खेती गर्नेसमेतका योजना बनाइरहेको छ ।
पहिलो चरणमा उद्योग सञ्चालनसँगै ६०० स्थानीय जातका कुखुरा फार्मसमेत सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष पदमबहादुर थापा मगरले बताए ।उनले भने, “केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिमलगायतका उत्पादन थप्ने योजना रहेको छ ।”

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया