कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, ११ घाइते

कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार अहिले गम्भीर घाइते पाँच जनालाई ल्याउनका लागि सशस्त्र प्रहरीको गाडी त्यसतर्फ पठाइएको छ । छ जनाको भने रास्कोट अस्पतालमै उपचार भइरहेको उनले जनाए ।
प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका–९ का नरपति लोहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लोहार र रास्कोट–७ का कमलराज शाही, सान्नीत्रिवेणी–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका–९ की अनिता शाही रहेका छन् ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रतिक्रिया