लिमीमा फोर–जी टावर निर्माण हुँदै

सिमकोट । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ ।
टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् ।
लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।
अध्यक्ष लामाले भने, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उनका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।
टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो ।

















झापा ३ मा रास्वपाका प्रकाश पाठकको अग्रता, पछ्याउदै लिङ्देन
कैलाली–४ मा मतगणना सुरु
रवीन्द्र मिश्रले दिए रञ्जु दर्शनालाई बधाई
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
प्रतिक्रिया