नेतृत्व चयनविना वाइसिएल केन्द्रीय समिति घोषणा

काठमाडौँ । गत शनिबारदेखि काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको नयाँ केन्द्रीय समिति घोषणा भएको छ । भेलाले दुई सय ३१ जना सदस्य हुने गरी केन्द्रीय समितिको घोषणा गरेको हो ।
घोषणा भएको केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित १० प्रतिशत मनोनित सदस्यको टुंगो लगाउन बाँकी रहेको छ ।
वाइसिएलको अध्यक्षका मुख्य दाबेदार सुवोध सेर्पाली र सुमन देवकोटाले आ–आफ्नो दाबी पेश गरेसँगै अध्यक्षको विषय टुंगाउन कठिन भएको हो । यसैगरी, महासचिवमा कसम गुरुङ र नवराज ढुंगानाले दाबी गर्दै आएका छन् ।
अध्यक्ष र महासचिवको विषय टुंग्याउन वाइसिएलका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न आज प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डले केन्द्रीय समितिको घोषण गर्न भनेसँगै भेलाले केन्द्रीय समिति घोषणा गरेको हो ।
यस्तै, प्रचण्डले आगामी पाँच दिनभित्र वाइसिएल केन्द्रीय समितिको बैठक आह्वान गर्न निर्देशन दिएको छ । उनले सोही बैठकमा आफूसमेत उपस्थित भई अध्यक्ष र महासचिवको टुंगो लगाउने वाइसिएल नेताहरूलाई बताएका थिए ।
भेलामा उपस्थित प्रतिनिधिहरू अध्यक्षमा सेर्पाली र महासचिवमा ढुंगानाको पक्षमा भए पनि नेताहरूले फरक नेतृत्वलाई अगाडि ल्याउने भएसँगै नेतृत्व चयनमा कठिन भएको हो ।
भर्चअुल विधिबाट दुई दिनमा सक्ने गरी सुरु भएको भेला अध्यक्ष र महासचिव नटुंगिदा ४ दिनसम्म जारी रहेकाे छ ।
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया