नेतृत्व चयनविना वाइसिएल केन्द्रीय समिति घोषणा

काठमाडौँ । गत शनिबारदेखि काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको नयाँ केन्द्रीय समिति घोषणा भएको छ । भेलाले दुई सय ३१ जना सदस्य हुने गरी केन्द्रीय समितिको घोषणा गरेको हो ।
घोषणा भएको केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित १० प्रतिशत मनोनित सदस्यको टुंगो लगाउन बाँकी रहेको छ ।
वाइसिएलको अध्यक्षका मुख्य दाबेदार सुवोध सेर्पाली र सुमन देवकोटाले आ–आफ्नो दाबी पेश गरेसँगै अध्यक्षको विषय टुंगाउन कठिन भएको हो । यसैगरी, महासचिवमा कसम गुरुङ र नवराज ढुंगानाले दाबी गर्दै आएका छन् ।
अध्यक्ष र महासचिवको विषय टुंग्याउन वाइसिएलका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न आज प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डले केन्द्रीय समितिको घोषण गर्न भनेसँगै भेलाले केन्द्रीय समिति घोषणा गरेको हो ।
यस्तै, प्रचण्डले आगामी पाँच दिनभित्र वाइसिएल केन्द्रीय समितिको बैठक आह्वान गर्न निर्देशन दिएको छ । उनले सोही बैठकमा आफूसमेत उपस्थित भई अध्यक्ष र महासचिवको टुंगो लगाउने वाइसिएल नेताहरूलाई बताएका थिए ।
भेलामा उपस्थित प्रतिनिधिहरू अध्यक्षमा सेर्पाली र महासचिवमा ढुंगानाको पक्षमा भए पनि नेताहरूले फरक नेतृत्वलाई अगाडि ल्याउने भएसँगै नेतृत्व चयनमा कठिन भएको हो ।
भर्चअुल विधिबाट दुई दिनमा सक्ने गरी सुरु भएको भेला अध्यक्ष र महासचिव नटुंगिदा ४ दिनसम्म जारी रहेकाे छ ।









निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया