अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि, मेला भर्चुअल माध्यामबाट

काठमाडौं । पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला भदौ १६ देखि काठमाडौँमा हुने भएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा हुन लागेको मेला भर्चुअल माध्यामबाट सञ्चालन गरिने छ ।
‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि देखिएको कोभिड सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रीता सिंहले जानकारी दिइन् ।
महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्धन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणका लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालीकरण निर्माणका लागि प्रोत्साहन गर्ने उक्त मेलाको उद्देश्य रहेको छ ।
यस्तै, मेलाले नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने, उत्पादन र क्रेताहरुको एक विस्तृत दायरामा ल्याई एउटै प्लेटफर्मबाट लाभ लिने, व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयका लागि उत्कृष्ट अनलाइन अवसरको खोजी गर्ने लक्ष्य लिइएको छ ।
मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हातेकागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका कक्षहरु हुनेछन् । ७९ कक्ष रहने उक्त मेलामा ५७ महिला उद्यमीका कक्ष र २२ जिल्ला महिला उद्यमी सङ्घलाई प्रतिनिधित्व गर्ने कक्ष रहने महासङ्घले जनाएको छ ।

















निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका निम्ति प्रचण्डको अपिल
निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने: प्रहरी महानिरीक्षक कार्की
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
प्रतिक्रिया