नेप्सेमा ६९ अंकले ओरालो

काठमाडौैं । मौद्रिक नीतिले कर्जाको सीमा तोकेसँगै शेयर बजारमा बिक्री चाप बढ्न थालेको छ । जसले गर्दा पछिल्लो समय शेयर कारोबार ऋणात्मक बन्दै गएको छ ।
काराबार हुने साताको तेस्रो दिन आज मंगलबार शेयर कारोबार मापक नेप्से परिसुचक ६९ दशमलब ५ बिन्दुले ओरालो लागेर २ हजार ९ सय ७५ दशमलब ८४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलब २७ प्रतिशतले कमी हो ।
कूल २ सय २७ कम्पनीको १ लाख ३० हजार ७ सय ७४ कारोबारबाट १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरका २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
उच्च रुपमा ओरालो लागेको बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक घट्न पुगेको छ । जसमा जीवन बीमा समुहको परिसुचक ४ सय ४७ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ३ सय ७२ अंकको गिरावट आएको छ ।
शेयर बजारमा बिकास बैंक समुहको परिसुचक २ सय ५ अंकले घट्दा जलविद्युत समुहको परिसुचकमा १ सय २४ अंकको गिरावट आएको छ ।
यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा २२ अंकको गिरावट आउँदा उत्पादनमुलक १ सय ९८ र फाइनान्स समुहको परिसुचक १ सय १ अंकले ओरालो लागेको छ ।
लगानीकर्ता नवराज अधिकारीले भने ‘ठूलो मात्रामा कर्जा लिएर शेयर खरिद गरेका लगानीकर्ताले बिक्रि गर्न थाल्दा शेयरमा नकारात्मक सन्देश देखिएको हो ।’











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया