सोमबार, पुष १४, २०८२

चालक पुन र मृतक वाग्लेको असावधानीका कारण नवलपरासी घटना घट्यो : छानबिन समिति

मेरोन्यूज २०७८ भदौ १५ गते २०:४७

काठमाडौँ । नवलपरासी (पश्चिम) मा भएको सवारी दुर्घटनामा सवारी चालकको असावधानिका कारण भएको छानबिन समितिले ठहर गरेको छ ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउदै समितिले मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक प्रहरी निरीक्षक कपिल वाग्लेको असावधानिका कारण दुर्घटना भएको ठहर गरेको हो ।

नवलपरासी (पश्चिम) मा मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको गत साउन २५ गते भएको मृत्युबारे छानबिन गर्न २९ साउनमा मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिका सदस्यहरूमा अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य रहेका थिए ।

प्रतिक्रिया