महाकाली नदी घटनाको प्रतिवेन सार्वजनिक गर्न माग

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दार्चुलाको महाकाली नदीमा भएको घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
बुधबार विज्ञप्ती जारी गर्दै मोर्चाले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अपराधमा संलग्नहरुलाई कारवाही गराउन भारत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न हेलचेत्र्mयाइँ, लापरवाही वा लाचारीपन देखाए परिणाम गम्भीर हुने अध्यक्ष सी.पी गजुरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका, वडा नं.२ निवासी ३३ वर्र्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा महाकाली नदीमा तुईन तरिरहेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईनको लठ्ठा खोलिदिएपछि नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।
उक्त घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया