महाकाली नदी घटनाको प्रतिवेन सार्वजनिक गर्न माग

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दार्चुलाको महाकाली नदीमा भएको घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
बुधबार विज्ञप्ती जारी गर्दै मोर्चाले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अपराधमा संलग्नहरुलाई कारवाही गराउन भारत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्न माग गरेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न हेलचेत्र्mयाइँ, लापरवाही वा लाचारीपन देखाए परिणाम गम्भीर हुने अध्यक्ष सी.पी गजुरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका, वडा नं.२ निवासी ३३ वर्र्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलङ्गा जाने क्रममा महाकाली नदीमा तुईन तरिरहेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईनको लठ्ठा खोलिदिएपछि नदीमा खसेर बेपत्ता भएको बताइएको छ ।
उक्त घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया