एमालेले गर्यो सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दर्ता
मेरोन्यूज
२०७८ भदौ १६ गते १८:३३

काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । बुधबार एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन एकसाथ दर्ता गरेको बताइएको छ ।
एमालेले १ भदौमा १४ सांसदलाई कारबाही गरी संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले कारबाही नहुने भनी गरेको निर्णय, कारबाही गरिएका १४ सांसदको सनाखत गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता र दिल्लीमा रहेका झलनाथ खनालको वारेसमार्फत सनाखत गरिएको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले सर्वोच्चमा रिट दर्ता गरेको हो ।
यस्तै एमालेले रिट निवेदनमा लुम्बिनी प्रदेशका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई पार्टीले कारबाही गर्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको तर सभामुखले कारबाही नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न माग गरिएको छ ।
सम्बन्धित















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया