इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा

काठमाडौँ । अन्र्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाईने भएको छ । रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।
बिश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै विश्व बजारमा उपलब्ध गराउदै आएको छ ।
नेपाली सिने जगतकी चर्चित नायिका करिश्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ कन्र्सनकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको बताइन् ।
२५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक भित्रिएको हो ।
८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउ नरहेको इन्टेक्स ब्राण्डका अन्तराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए ।
इन्टेक्स ब्राण्डका सामानको एक बर्षदेखि १० बर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिएका छन् । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्वर १ बनाउने प्रयासमा आफूहरु रहेको उनले जानकारी दिए । देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।
हामीले राम्रो सामान सही मूल्यमा उपभोक्तलाई उपलब्ध गराउदै आएका छौ इन्टेक्स ब्राण्डका कन्टि म्यानेजर बिनय जोशीले बताए ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया