जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व सङ्कलन

मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७ ७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले जनाएको हो ।
आर्थिक वर्ष २०७५/ ७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम राजस्व सङ्कलन भएकोे एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
कोभिड– १९ को सङ्क्रमणका कारण जङ्गली जडीबुटी सङ्लकन गर्न नसकिएको उनकाे भनाइ थियो ।
जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका सहयोगी हुने यी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएकोे छ ।
वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्टिक, ज्वरो र रुघाखोकी निको हुनाका साथै घाउचोटमा पनि उपयोगी मानिन्छ । गुच्ची च्याउ क्यान्सर, उच्च रक्तचाप, मुटुको रोग निरोधका लागि उपयोगी मानिन्छ । रासस

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया