सोमबार, फागुन १८, २०८२

यातायात ब्यावसायी दोस्रो चरणको आन्दोलनमा उत्रिए

मेरोन्यूज २०७८ भदौ १७ गते १४:३३

काठमाडौं । भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माणको माग गर्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

भाडा समायोजन गर्दा बैज्ञानिक तवरले नभएको, कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रुपमा कोभिड खोप पाउन नसकेको भन्दै उनीहरुले दोस्रो चरणको आन्दोलन थालेका हुन् ।

यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानून, कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाईमा दोस्रो चरणको आन्दोलन थालिएको हो ।

पहिलो चरणको आन्दोलनमा आफूहरुले सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताए ।

प्रतिक्रिया