अफगानिस्तानमा तालिबानको नयाँ सरकार घोषणा तयारी

काठमाडौं । सत्ता कब्जा गरेको केही समयपछि अफगानिस्तानमा तालिबानले बिहीबार नयाँ सरकारको घोषणाको तयारी गरेको छ । सत्ता कब्जा गरेको दुई सातापछि तालिवानले नयाँ सरकार घोषणाको तयारी गरेको हो ।
आफगानिस्तानको राजनधानी काबुलस्थित राष्ट्रपति भवनमा नयाँ सरकार घोषणाको तयारी गरिएको तालिबानको वरिष्ठ नेता अहमदुल्लाह मुक्तकीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुण्दजादाको नेतृत्वमा एक शासकीय परिषद का गठन हुने तालिबानको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको थियो ।
तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलाभी याकूब, हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानी र तालिबानका संस्थापक सदस्य मध्य एक अब्दुल गनी बरादर मुल्ला हिब्तुल्लाका उपप्रमुख छन् ।
गत अगस्त १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । तालिवानले सत्ता कब्जा गरेपछि अमेरिकी सेनाले अफगान छाडिसकेको छ ।
(एजेन्सी)
















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया