सेजन नेतृत्वका लागि उम्मेदवारको मनोनयन

काठमाडौँ । आर्थिक पत्रकारको छाता संगठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आकांक्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन् ।
सेजनको शुक्रबार हुने २२ औँ वार्षिक साधारणसभा एवं कार्यसमिति चयनका लागि हुने अधिवेशनमा नेतृत्वका लागि आकांक्षीले आज उम्मेदवारी मनोनयन गराएका छन् । सेजनको अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुङ्गानाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा कृष्ण रिजाल र सुजन ओलीले प्रतिस्पर्धा गर्दै छन् भने महासचिवमा भागवत भट्टराई र विनय बञ्जराले उम्मेदवारी दिएका छन् । सचिवमा एलिजा उप्रेती, हिमा विक र हिमाल पौडेलले उम्मेदवारी परेको छ । कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुङ्गानाको उम्मेदवारी परेको छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा चेतबहादुर अधिकारी (सिबी), अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, शंकरप्रसाद पण्डित र सोभित थपलियाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ पत्रकार डा सुरेश आचार्य मुख्य निर्वाचन अधिकृत, सदस्यमा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरी र अधिवक्ता बाबुराम अर्याल रहेका छन् ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया