आइतबार, कार्तिक ३०, २०८२

तालिवान लडाकुले लगाए अमेरिकी सेनाको पोशाक (तस्वीरहरू)

मेरोन्यूज २०७८ भदौ १८ गते १४:०४

काठमाडौँ । अमेरिकी सैनिकले गत मंगलबार अर्थात अगष्ट ३१ गते युद्ध भूमि अफगानिस्तान छाडेर स्वदेश फिर्ता भएका छन् । अफगानिस्तानमा तालिवानसँग २० वर्ष युद्ध गरेको अमेरिका विना सर्त फर्किएको हो ।

अमेरिकी सेना फिर्ता भएसँगै उसले ठूलो मात्रामा युद्ध गर्न प्रयोग हुने लडाकु विमानहरू, बख्तर बन्द गाडी, हात हातहतियारहरू, सैनिक पोसाकलगायत सामाग्रीहरू छाडेर गएका छन् । अमेरिकी सेना फिर्ता भएसँगै तालिवानका लडाकुहरूले ती सामाग्रीलाई प्रयोग गरी फोटो खिचाएका छन् ।

उनीहरू राजधानी काबुलमा रहेको एयरपोर्टमा प्रवेश गरी अमेरिकी सेनाले छाडेका बुलेट प्रुफ ज्याकेट, जुत्ता तथा नाइट विजनवाला हेलमेट लगाएका छन् । उनीहरूले अमेरकी सेनाको पोसाक लगाएर एयरपोर्टका हरेक कुना(कुनामा अनुसन्धान गरेका थिए ।

प्रतिक्रिया