सोमबार, पुष १४, २०८२

नेपालगञ्ज एयरपोर्टबाट चार किलो सुनसहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ भदौ १९ गते १०:४९

काठमाडौं । बाँकेस्थित नेपालगञ्ज एयरपोर्टबाट ४ किलो सुन सहित २ जना पक्राउ परेका छन् । काठमाडौंबाट नेपालगञ्ज गएका झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २६ वर्षीय बुद्धिमान खातीलाई प्रहरीले विमानस्थलबाट सुनसहित पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो श्री एयरबाट नेपालगञ्ज विमानस्थल उत्रिएका उनीहरुलाई प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसुधन न्यौपानेले मेरोन्यूजलाई जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार उनीहरूले आफूले लगाएको जुत्ताको दायाँ–बायाँ तलुवा र झोलामा सुन लुकाएर लगेको भेटिएको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग पठाईएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया