गहिरो श्वास लिनुका फाइदा : तनाव कम गर्नेदेखि रोगप्रतिरोधात्मक क्षमता बढाउँनेसम्म

काठमाडौं । दैनिक केही समय गहिरो श्वास लिनाले स्वास्थ्यमा धेरै सुधार हुन्छ । गहिरो स्वासले चाहे तपाईलाई तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ । सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ ।
यस्ता छन् गहिरो श्वास लिनुका फाईदा
तनाव कम हुन्छ
गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ । यसबाट शरीरले धेरै अक्सिजन पाउँछ । हर्मोन सन्तुलित हुन्छ । कोर्टिसोलको स्तर कम हुन्छ । कोर्टिसोल स्ट्रेस हर्मोन हो । जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पु¥याउँछ ।
अनिन्द्रा घटाउँछ
गहिरो, लामो श्वास लिदाँ शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् ।
दुखाईको महसुस कम हुन्छ
जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।
रोगप्रतिरोधात्मक बलियो हुन्छ
गहिरो श्वास लिनाले शरिरमा ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । शरीरका महत्वपूर्ण अंगले ठिक रुपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले संक्रमण फैलाउने किटाणुहरू जरैदेखि माग्छन् ।
रक्त प्रवाह ठिक हुन्छ
गहिरो श्वास लिनाले डायफ्रम माथि र तल हुँदाह रक्त प्रवाहको गति बढ्छ । यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ ।
स्रोत : दैनिक भास्कर













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया