सोमबार, पुष १४, २०८२

काभ्रेको बनेपा बजार डुबानमा

मेरोन्यूज २०७८ भदौ २१ गते १०:१७

बनेपा । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिबाट परेको अविरल वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो ।


पुण्यमाता खोलाको बाढीले ३ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । बजार क्षेत्र वरपरका घर तथा पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत समस्या परेका छन् ।

प्रतिक्रिया