संखुवासभामा एकै परिवारका ६ जनाको हत्या (नामावालीसहित)
मेरोन्यूज
२०७८ भदौ २१ गते १२:१३
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा ६ जनाको हत्या भएको छ । सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले आएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार हत्या हुनेमा संखुवासभा मादी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ८४ की पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीय कमला कार्की , ३२ वर्षीय रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीय गोमा कार्की रहेका छन् ।
मृतक कार्कीको जेठो छोरा वैदेशिक रोजगारीका लागि मलेशिया, कान्छो छोरा दुबई र कान्छी बुहारी झापामा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
सम्बन्धित









तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
एमाले महाधिवेशन : ओलीको अग्रता कायम
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया