मंगलबार, फागुन ५, २०८२

कांग्रेस १४औं महाधिवेशन : महिला प्रतिनिधि कति ?

सञ्जिता खनाल २०७८ भदौ २१ गते १९:५२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतका तल्लो तहका वडा अधिवेशन जारी छ । भदौँं १८ गतेदेखि २७ गतेसम्म वडा र नगर अधिवेशन सम्पन गर्नुपर्ने कार्यतालिका कांग्रेसले बनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence


महाधिवेशनमा उम्मेदवार हुन क्रियाशीलको सदस्यताको उमेर हक नलाग्ने भएकाले वडा तहमै युवाहरू कांग्रेसको राजनीतिमा सक्रिय भएका छन् । यसअघि क्रियाशील सदस्य बनेको एक वर्ष पूरा भएकाहरूले मात्रै अधिवेशनमा उम्मेदवार हुन पाउने व्यवस्था थियो ।


कांग्रेसको विधान अनुसार अहिलेको महाधिवेशनबाट राजनीतिमा धेरै महिलाहरुले अवसर पाउने देखिन्छन् । यसपटक महाधिवेशन प्रतिनिधि संख्या पहिले भन्दा बढेका छन् । अनिवार्य कोटा तोकिनुले पनि महिलाहरुलाई राजनीतिमा लाग्न हौसल्ला मिलेको कांग्रेस नेत्रीहरु बताउँछन् ।


कांग्रेस सचेतक एवम् नेतृ पुष्पा भुसालले १३ औँं महाधिवेशनको तुलनामा अहिले महिला सहभागिता वढेको बताउँछिन् । उनले भनिन्, -“कांग्रेसको विधानमै एकतिहाई महिलाको प्रतिनिधित्व भनिएको छ । यसले पहिलाको तुलनामा महिला सहभागिता बढ्नेछ ।”


अर्को, नेपालको संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितताको ब्यवस्था गरेको छ ।

कांग्रेसको कुल क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जनामध्ये महिला १ लाख ९९ हजार ९७ जना रहेका छन् । जुन २२.६२ प्रतिशत हो । कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील सदस्य छन् । यो संख्या विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील बाहेकको हो ।


आठ सयभन्दा बढी प्रतिनिधि क्षेत्रबाट आउने


आठ सय २५ जना महिला महाधिवेशन प्रतिनिधि १४ औं महाधिवेशनमा प्रतिनिधिसभा क्षेत्रबाट नै आउँने विधानले व्यवस्था गरेको छ ।

एक सय ६५ प्रतिनिधिसभा निर्वाचिन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्यहरू, भातृ तथा शुभेच्छुक संघ/संस्थाका प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरू केन्द्रीय महाधिवेशनका प्रतिनिधि हुन्छन् ।


विधान अनुसार केन्द्रीय समितिमा रहेका २० जना महिला, भातृ तथा शुभेच्छुक संघ/संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट आउनेबाट पनि थोरै संख्यामा महिला महाधिवेशन प्रतिनिधि हुनेछन् ।


प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक जिल्ला सभापति सहित २५ जना महाधिवेशन प्रतिनिधि आउँने विधानमा व्यवस्था छ । जसमध्ये चार जना महिलासहित १४ जना प्रत्यक्ष र समावेशी क्षेत्रबाट १० र बाँकी जनसंख्या बनोट अनुसार समानुपातिक आधारमा प्रतिनिधि गरी २५ जना प्रतिनिधि चुनिनेछन् ।

चार जना प्रत्यक्ष निर्वाचित महिला र एक समावेशीसहित कम्तिमा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ५ जना महिला महाधिवेशन प्रतिनिधि हुनेछन् ।


आठ वटै संरचनामा एक तिहाइ महिला सहभागिता रहनु पर्ने विधानले व्यवस्था गरेको छ । यो व्यवस्थाका कारण केन्द्रमा पनि न्यूनतम ५६ जना महिला सदस्यले प्रवेश पाउने छन् । त्यसका लागि कांग्रेसले केन्द्रीय कार्यसमितिको नौ सदस्य पदमा महिलाबीच मात्रै प्रतिस्पर्धा हुने गरी खुला आरक्षणको व्यवस्था गरेको छ ।

कति छन् अहिले केन्द्रमा कति पुग्छन् अब ?


१३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा आठ जना पदाधिकारीमध्ये एक जना मात्रै निर्वाचित पदाधिकारी महिला छन् । कोषाध्यक्ष सीतादेवी यादव पदाधिकारीमा एक्लो महिला हुन् । सिंगो केन्द्रीय समितिमा अहिले जम्मा २० जना मात्रै महिला छन् । आमन्त्रितसहित केन्द्रीय समितिका कूल एक सय २५ मा २० जना महिला केन्द्रीय समितिमा छन्। ३३ प्रतिशत महिला सहभागिता गराउँदा ४१ जना महिला केन्द्रीय समितिमा सहभागी गराउनु पर्ने हो ।

तर कांग्रेसमा अहिलेको अवस्था त्यो छैन । अव १४ औं महाधिवेशनमा काग्रेसको एक जना सहमहामन्त्री पदमा महिला रह्ने ब्यवस्था गरिएको छ । १० वर्ष निरन्तर कांग्रेस क्रियाशील सदस्य भएका महिलाले यो पदमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।


१४ पदाधिकारीसहित एक सय ६८ जना केन्द्रीय सदस्य रहने कांग्रेसको अवको महाधिवेशन पछिको कार्यसमितिमा प्रत्यक्ष निर्वाचित हुने ९ केन्द्रीय सदस्य महिला हुनेछन् । दलितबाट ४ महिला, आदिवासी जनजातिबाट सात महिला, खसआर्यबाट छ महिला, मधेशीबाट चार महिला, थारूबाट दुई महिला, मुश्लिमबाट एक महिला अवको महाधिवेशनवाट केन्द्रीय समितिमा पुग्नेछन् ।

कांग्रेस केन्द्रीय समितिमा अब ५५ जना महिला हुनेछन् । निर्वाचित केन्द्रीय सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने ब्यवस्था छ । यसरी मनोनित गर्दा पनि महिलालाई समेटनुपर्ने काग्रेसको विधानमा ब्यवस्था छ ।

यो पनि पढ्नु होस्

नेतृत्वमा महिला : आँट नभएको कि, अवसर नदिएको ?

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया