एमसीसी जवर्जस्ती पास गर्न खोजिए प्रतिरोध गर्ने सत्ता गठबन्धन दलकै विधार्थी संगठनको चेतावनी
काठमाडौं । सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना सदनवाट पारित गर्ने तयारी गरेको समाचार प्रकाशित भईरहदा सत्ता गठवन्धन दलकै तीन विद्यार्थी संगठनले विरोध जनाएको छ । सरकारले जर्वजस्ती एमसीसी परियोजनाका कतिपय विषय संसोधन नगरी जस्ताको तस्तै पारित गरिए प्रतिरोध संर्घषमा उत्रने चेतावनी दिएको छ ।
माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाड, नेकपा एकीकृत समाजवादी निकटको अखिलका अध्यक्ष सुदेश पराजुली र नेकपा मसाल निकटको अखिल (छैटौ)का अध्यक्ष विमल पाखेरेलले संयुक्त वक्तब्य जारी गदै अमेरिकी साम्राज्यवादी उदेश्य पूरा गर्ने उदेश्यले ल्याईएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथी आँच आउने र असंग्लन्न परराष्ट नीतिलाई खण्डित गर्ने उल्लेख गरिएको छ ।
जोरजर्वजस्ती एमसीसी परियोजना अगाडी नबढाउन र त्यसरी अगाडी बढाइएमा कडा प्रतिकार गर्ने र संर्घषलाइ अगाडी बढाउने चेतावनी विधार्थी संगठनका नेताहरुले दिएका छन् ।
काग्रेस नेतृत्वको यो गठबन्धन सरकारमा माओवादी केन्द्र सहभागी भईसकेको छ भने नेकपा एकीकृत समाजवादी जाने तयारीमा छ । नेकपा मसाल निकटको राष्टिय जनमोर्चा भने सरकारलाई साथ दिने तर सरकारमा सहभागी नहुने नीतिमा छ ।
















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया