आजको राशिफल : भाद्र २२ गते मंगलबार

काठमाडौँ । आज २०७८ साल भाद्र महिनाको २२ गते मंगलबार, भाद्र कृष्णपक्षको औंशी तिथि, उप्रान्त भाद्र शुक्लपक्षको प्रतिपदा तिथि रहेको छ । आज कुशेऔंशी अर्थात बुबाको मुख हेर्ने दिन रहेको छ ।
मेष
पेशागत क्षेत्र स्थिर रहने छ । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । परिवारमा किचलोको अवस्था आउने छ भने बोलीमा पनि कडापन आउने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । ढुवानीका सावारीसाधन, सार्वजनिक सवारीसाधन, उद्योग कलकारखाना, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा रहेकाहरुलाई अनुकुल रहने छ ।
वृष
पेशागत जीवन अनुकुल रहने छ । बोलीमा प्रभावकारीता देखा परे पनि आफैले बोलेको कुरा प्रति अडान नहुने हुन्छ, जसले गर्दा विश्वास गुम्न पुग्ने छ । रिस धेरै देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु होला । शिक्षा क्षेत्र, अध्ययन अध्यापन, शिक्षण, स्टेसनरी, उद्योग कलकारखाना, सवारीसाधन आदी क्षेत्रमा रहेकाहरुलाई अनुकुल देखिन्छ ।
मिथुन
व्यक्तित्व दृढ खालको हुने भएता पनि व्यक्तित्वमा दोहोरो चरित्र पनि देखा पर्ने छ, यसले गर्दा अरुको तपाई प्रति दृष्टिकोणमा भ्रम उत्पन्न हुने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने भएकाले धैर्यतापूर्वक मात्र कदम चाल्नु होला । आर्जन गरेको विश्वास गुम्न जाने चुनौति रहेकाले बोलेका कुरामा अडान लिँदा उपयुक्त हुने छ ।
कर्कट
संयमित भएर कदम चाल्नु पर्ने समय रहेको छ । मनमा खिन्नता धेरै आउने छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ । कमजोर खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । होटल, रेष्टुरेण्ट, डान्स बार, सेक्युरिटी सर्भिस जस्ता क्षेत्रमा आवद्धहरुलाई प्रतिकुल देखिन्छ ।
सिंह
पेशागत जीवन स्थिर जस्तो बन्न पुगेता पनि आम्दानीमा भने अस्थिरता देखा पर्ने छ । पेशागत क्षेत्रप्रतिको तिब्रतामा भने बृद्धि हुने छ । दाम्पत्य जीवनमा बिबाद उत्पन्न हुने हुँदा सतर्क रहनु होला ।साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । वाहन, घर घडेरी, होटल, रेष्टुरेण्ट आदी बिक्रि गर्नु पर्ने अवस्था आउने चुनौति देखिन्छ ।
कन्या
पेशागत क्षेत्रबाट पनि आम्दानीमा बढोत्तरी हुन जाने छ । भाग्य बलियो भएका कारण सानो मेहनतबाट पनि राम्रो आम्दानी प्राप्त हुने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा प्रगति हुने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति रहेकाले संयमित रहनु होला । स्टेसनरी, पत्रकारिता, संचार क्षेत्र, वकालत, शिक्षण, अध्यापन जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल छ ।
तुला
भाग्यको साथका कारण आम्दानीको अवस्थामा सकारात्मक बृद्धि रहने छ । पैतृक सम्पत्ति र संचित भएको धन अनुत्पादक क्षेत्रमा खेर जाने खतरा देखिएकाले विचार गरेर मात्र निर्णयहरु लिनु होला । पेशागत जीवनमा उतारचढावको अवस्था आउने भएकाले गम्भीरतापूर्वक कदमहरु चाल्नु होला । घर घडेरीको कारोवार, होटल क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी सभिर्सेज आदीमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहने छ ।
वृश्चिक
संयमित रहनु पर्ने समय छ । मनमा उदासिनताले सताउने छ । स–साना विषयलाई असाध्यै गम्भीर रुपमा लिने स्वाभाव देखा पर्दा तनावको क्रम अत्याधिक उत्पन्न हुन जाने छ । चिसोबाट बच्ने प्रयास गर्नु होला । पेशागत जीवनमा पनि चुनौतिहरु देखा पर्ने भएकाले धैर्यतापूवक कदमहरु अघि सार्नु होला । आम्दानीमा गिरावट आउने हुँदा यसको असर पारीवारिक जीवनमा देखा पर्ने छ ।
धनु
जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ भने यसले पेशागत वातावरणमा पनि सकारात्मक नतिजा प्रदान गर्न मद्धत हुने छ । पारीवारिक जीवनमा सुख उत्पन्न हुने छ । तर बोलीमा अत्याधिक कडापनको मात्रा देखा पर्ने भएकाले यस बारेमा ध्यान दिनु होला । पेशागत क्षेत्र भने निराश बन्ने छैन् । शारीरिक कमजोरी देखिने छ ।
मकर
उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । तर रिसको मात्रामा पनि भारी बढोत्तरी देखा पर्ने भएकाले रिस नियन्त्रणमा प्रयास गर्नै पर्ने हुन्छ । आन्तरिक चुतरतामा बृद्धि हुने छ । मनमा भने केही दुविधाका मात्रा देखा पर्न जाने छ । आम्दानीमा सोचे जस्तो प्रगति नहुँदा नकारात्मक विचारले मनमा स्थान पाउने छ । पेशागत जीवन भने औसत रहने छ ।
कुम्भ
बौद्धिकतामा बृद्धि हुने छ । मनमा दृढता आउने भएता पनि दुविधाका विचारहरु एकपछि अर्काे निरन्तर आइरहँदा निर्णय क्षमतामा गिरावट हुन जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । पेशागत जीवनमा महत्वाकांक्षा भन्दा निरन्तरतामा जोड दिनु उपयुक्त हुने छ ।
मीन
आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । जीवनसाथिको साथ र सल्लाहमा कामहरु अघि बढाएमा प्रगति हुने छ । बोलीको प्रभाव बढ्ने छ । भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालन समस्याहरु देखा पर्ने छ । सार्वजनिक यातायात, ढुवानी साधन, उद्योग कलकारखाना, ठेक्कापट्टा, पत्रकारिता, मार्केटिङ्ग जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया