गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड (फोटोफिचर)

काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भिड लागेको छ । टाढा–टाढाबाट आएका भक्तजनलाई दर्शन गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाइएको छ ।

संक्रमणका कारण मेला स्थगन गर्ने निर्णय गरिए पनि सबै क्षेत्र खुलेको सूचनाले सोमबारदेखि नै टाढा–टाढाबाट भक्तजन आएका थिए । बिहान ४ बजेदेखि एक घण्टासम्म प्रहरीले सुरक्षा दिई भक्तजन फर्काउने प्रयास गरेको थियो । तर प्रयास असफल भएपछि स्वास्थ्य सुरक्षामा असर नगर्ने गरी भक्तजनलाई मन्दिर दर्शन गर्न दिइएको छ ।

भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था पनि गरिएको छ । बाबु दिवंगत भइसकेकाका सन्तति भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गरी सम्झना गर्ने परम्परा छ । आजका दिन गोकर्ण आई श्राद्ध गरेमा २१ कुलसम्मका पितृले मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास रहेको छ । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया