संखुवासभा सामूहिक हत्या : पाँच जनाको भाग्दै गर्दा र एक जना सुतेकै अवस्थामा हत्या

काठमाडौँ । संखुवासभामा जिल्लाको मादी नगरपालिका १ मा भएको सामूहिक हत्याको प्ररम्भिक अनुसन्धानबाट ५ जनाको भाग्दै गर्दा हत्या भएको पत्ता लागेको छ । यस्तै, एक जना वृद्धको सुतेकै अवस्थामा हत्या भएको छ ।
एकै परिवारका ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले पाँच जनालाई भाग्दै गर्दा र एक जनाको सुतेकै अवस्थामा हत्या भएको प्रहरी उपरीक्षक (एसपी) भिम दाहालले जानकारी दिए ।
संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी दाहालको नेतृत्वको प्रहरी टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानदेखि घटनास्थलको अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) शुभेष अधिकारीले मेरोन्युजलाई जानकारी दिए ।
सोमबार राति पानी परेकाले आज बिहानैदेखि अनुसन्धान सुरु गरेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव निरीक्षक (डिएसपी) लालध्वज सुवेदीले बताए । उनका अनुसार तालिम प्राप्त कुकुरसहित पुगेको टोली सोमबार रातभर पानी परेकाले मंगलबार बिहानमात्रै अनुसन्धान सुरु गरेको हो ।
सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले परिवारका ६ जनाका हत्या गरिएको आशंका गरिएको छ । हत्यामा धारिलो हतियारको प्रयोग गरिएको प्रहरीले पुष्टि गरिसकेको छ । मादी नगरपालिका १ उमलिङको खोला गाउँस्थित बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । ९३ वर्षीय बौद्धमान भने सकुसल रहेका छन् ।
उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया