एमसीसी सम्झौता खारेजी गर्न माग

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताबारे छ पत्रकार संगठनले साझा धारणा राखेका छन् । छ पत्रकार संगठनले मंगलबार विज्ञप्ती जारी गर्दै आफूहरुको एमसीसीबारे साझा धारणा रहेको जनाएका हुन् ।
उनीहरुले एमसीसी सम्झौता अन्तरगत नेपाललाई प्रदान गरिने अनुदान सहयोग अमेरिकी सरकारको इण्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको र नेपालमा आफ्नो सैनिक अखडा राखेर चीनलाई घेर्ने रणनीति रहेको बताएका छन् ।
अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरुले नै पटकपटक उक्त तथ्य स्वीकार गरिसकेको विज्ञप्तीमा उल्लेख छ । एमसिसी सम्झौतामा रहेका शर्तहरुले नेपालको संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘एमसीसी अन्तर्गतका परियोजना सञ्चालन गर्दा दक्षिणी छिमेकी भारतको समेत स्वीकृति लिनुपर्ने, सम्झौतासँग नेपालको संविधानलाई अधिनस्थ बनाउने, बौद्धिक सम्पत्तिमाथि एमसीसीकै अधिकार रहने, लेखा परीक्षणको अधिकार समेत नेपाललाई नहुने, परियोजनालाई आवश्यक सामग्रीहरु अमेरिकाबाट नै खरिद गर्नुपर्ने, असुरक्षित महसुस भएमा एमसीसीले एकतर्फीरुपमा सम्झौता भङ्ग गर्नसक्ने लगायतका कैयौै प्रावधानहरु घोर राष्ट्रघाती रहेका छन् ।’ नेपालको राष्ट्रिय हितविपरीतको सम्झौता खारेजी गर्न उनीहरुले माग गरेका छन् ।

















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया