काठमाडौँको सिडिओमा गोविन्द रिजाल आए

काठमाडौँ । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा गोविन्द रिजाललाई ल्याएको छ । गृह मन्त्रालयले आज काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै रिजाललाई पठाएको हो ।
यसअघि रिजाल गृह मन्त्रालयका प्रशासन महाशाखामा कार्यरत रहेका थिए । उनले यसअघि आधा दर्जनभन्दा बढी जिल्लाहरूको सिडिओको जिम्मेवारीमा काम गरेका थिए । उनले कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा काम गरिसकेका छन् ।
विं.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारुहट आन्दोलनको घटनापछि कैलालीमा लामो समय थारू र पहाडी समुदायबीच आशंकाको अवस्था रहेको थियो । रिजाल कैलालीमा सिडिओ भएर गएपछि दुई समुदायबीच सम्बन्ध सुधारमा ठूलो भूमिका खेलेका थिए ।
उनी जटिल परिस्थितिको सामना गर्न सक्ने कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।
यो पनि पढ्नुहोस् : गृह मन्त्रालयको प्रशासन महाशाखामा खनालको सरुवा
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया