आईफोन १३ केही क्षेत्रमा मात्र उपलब्ध हुने

काठमाडौं । एप्पलले आईफोन १३ मा समावेश गर्ने स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्रै उपलब्ध गराउने भएको छ ।
ब्लूमबर्गका मार्क गर्मनले यसै महिना हुने एप्पलको वार्षिक इभेन्टमा प्रस्तुत हुने विभिन्न कार्यक्रमको विवरणका बारेमा जानकारी दिएको ग्याजेट ३६० ले जनाएको छ ।
उक्त इभेन्टमा एप्पलले आईफोन १३ को रेन्जका साथै एप्पल वाच सिरिज ७ पनि सार्वजनिक गर्नेछ । यो सिरिजको स्मार्टवाचको उत्पादन बन्द भए पनि इभेन्टमा सार्वजनिक भने गरिने बुझिएको छ ।
यसै क्रममा गर्मनले आईफोन १३ को स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने बताएका छन् । उनले हालै आफ्नो पावर अन न्यूजलेटरमा आईफोन १३ मा अपेक्षा गरिएको स्याटेलाइट कनेक्शन फिचर समावेश हुने तर यसका लागि समय लाग्ने र प्रयोगका लागि अर्को वर्षसम्म कुर्नपर्ने उल्लेख गरेका छन् ।
यसबाहेक यो फिचर सामान्य हिसाबले सधैं प्रयोग गर्नका लागि उपलब्ध हुने नभइ मोबाइल नेटवर्कले काम नगर्दा अपर्झट परेको बेला एसएमएस गर्न र दुर्गम ठाउँमा भएका सवारी वा हवाइ दुर्घटनाका बारे जानकारी गराउन इमर्जेन्सी सिग्नल पठाउनका लागि मात्र प्रयोग गर्न सकिने पनि प्रस्ट पारिएको छ ।









महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया