आईफोन १३ केही क्षेत्रमा मात्र उपलब्ध हुने

काठमाडौं । एप्पलले आईफोन १३ मा समावेश गर्ने स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्रै उपलब्ध गराउने भएको छ ।
ब्लूमबर्गका मार्क गर्मनले यसै महिना हुने एप्पलको वार्षिक इभेन्टमा प्रस्तुत हुने विभिन्न कार्यक्रमको विवरणका बारेमा जानकारी दिएको ग्याजेट ३६० ले जनाएको छ ।
उक्त इभेन्टमा एप्पलले आईफोन १३ को रेन्जका साथै एप्पल वाच सिरिज ७ पनि सार्वजनिक गर्नेछ । यो सिरिजको स्मार्टवाचको उत्पादन बन्द भए पनि इभेन्टमा सार्वजनिक भने गरिने बुझिएको छ ।
यसै क्रममा गर्मनले आईफोन १३ को स्याटेलाइट कनेक्शन फिचर केही निश्चित क्षेत्रमा मात्र उपलब्ध हुने बताएका छन् । उनले हालै आफ्नो पावर अन न्यूजलेटरमा आईफोन १३ मा अपेक्षा गरिएको स्याटेलाइट कनेक्शन फिचर समावेश हुने तर यसका लागि समय लाग्ने र प्रयोगका लागि अर्को वर्षसम्म कुर्नपर्ने उल्लेख गरेका छन् ।
यसबाहेक यो फिचर सामान्य हिसाबले सधैं प्रयोग गर्नका लागि उपलब्ध हुने नभइ मोबाइल नेटवर्कले काम नगर्दा अपर्झट परेको बेला एसएमएस गर्न र दुर्गम ठाउँमा भएका सवारी वा हवाइ दुर्घटनाका बारे जानकारी गराउन इमर्जेन्सी सिग्नल पठाउनका लागि मात्र प्रयोग गर्न सकिने पनि प्रस्ट पारिएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया