तालिबानी सरकारलाई मान्यता नदिने पक्षमा अमेरिका
मानवीय सहायता गर्न अन्य शक्ति राष्ट्र तयार

तालिबानले मंगलबार अफगानिस्तानमा पाँच सदस्य सहितको नयाँ सरकार गठन गरेको छ । आफ्नो संगठनको शिर्ष नेताहरुको सहभागीतामा तालिबानले सरकार गठन गरेको हो । अफगानिस्तानका अन्य राजनीतिक शक्तिलाई पाखा लगाउँदै तालिबानले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेको हो ।
नव गठित सरकारमा तालिबान समुहका संस्थापकमध्येका एक महुल्ला हसनलाई तालिबानले प्रधानमन्त्रीका रुपमा चयन गरेको छ ।
हसन यसअघि अफगानिस्तानमा तालिबानी सरकार रहेका बखत उप–प्रधान एवंम विदेशमन्त्री रही सकेका छन् । यस्तै नव गठित सरकारका आन्तरिक व्यवस्थामन्त्रीमा अमेरिकाको ‘आतंकवादी सूची’ मा सुचिकृत सेराजुद्दीन हक्कानी नियुक्त भएका छन् ।
यता अमेरिकी राष्ट्रपति जो बाइडेन भने तत्काल तालिबान सरकारलाई मान्यता दिने पक्षमा नरहेको ब्हाइट हाउसकी प्रवक्ता जेन साकीले बताएकी छन् ।
विश्वका अन्य शक्ति राष्ट्रहरुले तालिबानलाई सरकार गठनका क्रममा समावेशीता अपनाउन अनुरोध गरेका थिए । समावेशी सरकार गठन गर्दा मात्रै शान्ति र विकासको उसको चहाना पुरा हुने दाबी शक्ति राष्टहरुले गर्दै आएका थिए । सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन चलाएका तालिबानीहरुले उक्त कार्यकालमा महिलामाथि निकै नै विभेद गरेको जनाउँदै शक्ति राष्ट्रले आगामी दिनमा त्यस्तो नगर्न आग्रह गरेका छन् ।

अमेरिका तत्काल तालिबान सरकारलाई मान्यता दिने पक्षमा छैन
– जेन साकी, प्रवक्ता, ब्हाइट हाउस
यता तालिबानमा सर्वोच्च नेता हैबतुल्लाह अखुंदजादाले १५ अगष्टमा काबुलमाथि कब्जा जमाएपछि पहिलो सार्वजनिक वक्तव्य दिएका छन् । सार्वजनिक गरिएको उनको वक्तव्यमा तालिबान अन्तराष्ट्रिय कानुनको पालना गर्न तयार रहेको उल्लेख गरिएको छ । यस्तै उनले तालिबानले अन्तराष्ट्रिय सन्धि सम्झौता पालना गर्ने बताउँदै इस्लामिक कानूनसँग बाझिने खालको कुनै काम नगर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
आफ्नो वक्तव्य सार्वजनिक गर्ने क्रममा हैबतुल्लाहले, ‘अगामी दिनमा अफगानिस्तानी जनताको जीवन र शासन प्रणाली सञ्चालन गर्दा पवित्र सिरिया ल को पालना गरिने’, जनाएका छन् । यस्तै उनले आफ्नो वक्तव्यमा अफगानी जनतालाई विदेशी शासकको शासनबाट मुक्त भएकोमा बधाई समेत दिएका छन् ।
तालिबानले काबुलमाथि कब्जा जमाएको करीब तीन हप्तापछि नयाँ सरकार गठन भएको हो । तालिबानी विद्रोहीले त्यसअघि अमेरिकी सेनाको नेतृत्वमा रहेको सेनामाथि विजय हाँसिल गरेको थियो । जस पश्चात पश्चिमा देशहरुको समर्थनमा गठित अफगानी सरकार विघटन भयो ।
अफगानिस्तानमा तालिबानले नयाँ सरकार गठन गरेसँग अमेरिकाले मन्त्रीमण्डलमा सहभागी व्यक्तिहरुको इतिहासले आफू निश्चित भएको बताएको छ । यस्तै आफ्नो चिन्ता जायर गर्ने क्रममा अमेरिकाले नव गठित सरकारमा कुनै पनि महिला समावेश नभएकोमा दुःख व्यक्त गरेको छ । ‘यस घटनालाई विश्वले नै नजिकबाट नियालीरहेको छ’, अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् ।
मंगलबार तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गर्दै गर्दा महिलाहरुको एक समुहले विरोध प्रर्दशन गरेका थिए । सरकारमा महिलाको सहभागीताको माग गर्दै निकालिएको प्रर्दशनका क्रममा तालिबान सैनिकहरुले प्रर्दशनकारीहरुलाई भगाउन हवाई फायर समेत गरेको थियो ।
यसअघि तालिबानले अफगानिस्तानको नेतृत्व गर्दा छात्राहरुलाई स्कूल जानबाट बन्देज लगाइएको थियो भने महिलाहरुलाई घर बाहिर काम गर्न निषेध गर्दै शिक्षाबाट बञ्चित राखिएको थियो । नियम पालना नगर्ने व्यक्तिहरुलाई धार्मिक प्रहरीले गिराफ्तार गर्ने देखि यस्ता व्यक्तिलाई सार्वजनिक रुपमा हत्या गर्नेसम्मको कार्य हुने गरेको थियो ।
यद्यपी, पछिल्लो समय अफगानिस्तानको शासन समालेपपछि तालिबानले अफगानिस्तानका नागरिकलाई धर्य धारण गर्न आग्रह गर्दै सरकार संयम हुने बताएको छ । विदेशी शक्ति राष्ट्रहरुले तालिबान सरकारलाई वैदेशिक ऋण प्रदान गर्ने नगर्ने भन्ने मामिलामा नव गठित सरकारले नागरिकप्रति गर्ने व्यवहारलाई कसी बनाउने जनाएका छन् ।
यसैबीच पूर्व सरकारको मातहतमा रहेको अफगानिस्तानको अन्तिम प्रान्त पंजशिरलाई पनि तालिबानीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् । राजधानी काबुलमाथि नियन्त्रण जमाएको तीन हप्तापछि तालिबानले पंजशिरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएको हो । तालिबानलाई पंजशिर उपत्यकामा प्रवेश नदिन तालिबान विरोधी संस्था (एनआरएफ) ले निरन्तर प्रयास गरेको थियो । पंजशिर रणनीतिक हिसाबमा महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै तालिबानलाई उक्त उपत्यका कब्जा गर्नबाट रोक्ने प्ररम्भिक प्रयास भएको थियो ।
पंजशिरलाई तालिबानीको कब्जाबाट बचाउन अहमद मसूद र पूर्व उप–राष्ट्रपति अमरुल्ला सालेहले अथक मेहनत गरे पनि त्यो सफल नहुँदा तालिबान विजयी भएको थियो ।
अफगानिस्तानमा आर्थिक संकट
तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेसँगै त्यहाँ फेरी आर्थिक संकट उत्पन्न हुने अनुमान गरिएको छ । यसै विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै तालिबानका प्रवक्ता मुजाहिदले अफगानी जनताको समस्याको समाधान गर्न नयाँ मन्त्रीपरिषद् गठन भएको बताएका छन् । सत्ता कब्जाका क्रममा अफगानिस्तानको सार्वजनिक सेवा, आर्थिक अवस्थामा ठूलो असर पुगेको छ । खासगरी विदेशी राष्ट्रले अफगानिस्तान छोड्ने क्रम बढेसँगै त्यहाँको आथर्मतन्त्रमा निकै असर पुगेको बताइन्छ ।
तालिबानका प्रवक्ता मुजाहिदले केही मन्त्रीहरु नयाँ परिवेशका लागि दक्ष कामदार नियुक्त गर्नकै लागि खटाइने बताएका छन् ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा न्यूनतम आवश्यकताका समाग्री सकिदै गएको र खाध्य भण्डारण रिक्तिन थालेको बताएको छ । यो वर्ष मात्रै अफगानिस्तानबाट करीब पाँच लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।
यही आउँदो सक्टेम्बर १३ मा स्वीजरल्यान्डको जेनेभामा अन्तर्राष्टिय दातृ निकायहरुको सम्मेलन आयोजना हुँदैछ । केही पश्चिमा देशले अफगानिस्तानमा मानवीय र आर्थिक सहायता गर्न तयार रहेको बताएका छन् । तर, तालिबान सरकारले लिने कार्यनीतिपछि मात्रै यस्तो निर्णय गर्ने बताएका छन् ।
(एजेन्सीको सहयोगमा)










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया