नेप्से निरन्तर ओरालोतिर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार भएको साताको चौथो दिन पनि ओरालोले लागेको छ । बुधबार अधिकांश कम्पनीको सेयर मूल्य घट्दा कारोबार रकममा पनि कमी आएको हो ।
बुधबारको कारोबारमा नेप्से परिसूचक ६० दशमबल दशमलब २ अंकले घटेर २८७६ दशमलब ५९ अंकमा रोकिएको छ । यो अघिल्लो दिनको तुलनामा २ दशमलब ४ प्रतिशतले कमी हो ।
बुधबार कूल २ सय २५ कम्पनीको ७४ हजार ८ सय ९० कारोबारबाट ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
एक्सचेञ्जका अनुसार बुधबारको कारोबारमा ३८ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको शेयर मूल्यस्थिर रहेको छ । उपसमूहतर्फ सबै कम्पनीमा गिरावट देखिएको छ ।
बुधबारको कारोबारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक्सल डेभलपमेन्ट बैंक, राइराङ हाइड्रोपावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त वित्त विकास बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया