संखुवासभा हत्या प्रकरण
पोस्टमार्टम सकियो, डीआईजी बिसी घटनास्थलमै

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिका–१ उमलिङस्थित एक घरमा भएको सामुहिक हत्यामा मारिएका हरुको शव परीक्षण कार्य सकिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले पोस्टमार्टम कार्य सकिएको बताएका हुन् । उनले भने,‘ पोस्टमार्टम कार्य सकिएको छ, प्रहरीले थप अनुसन्धान जारी नै राखेको छ । पोस्टमार्टम रिपोर्ट कस्तो आयो अझै जानकारी छैन । तर शव परिक्षण कार्य सकियो ।’
आइतबार संखुवासभाको मादी नगरपालिका १ उमलिङस्थित भएको सामुहिक हत्यामा एकै परिवारका ६ जना सदस्यहरुको मृत्यु भएको थियो । सोही घटनाको अनुसन्धानमा तिव्रता दिनका लागि प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसी घटनास्थलमा पुगेका छन् ।
मादी नगरपालिका १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटवालका अनुसार डीआईजी बिसी आउने तयारीमा रहेका हुन् । उनले भने, ‘बिराटनगरबाट डीआईजीसाप पनि आउनु भएको छ, अब अनुसन्धानले केही तीब्रता देला ।’
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो र संघीय प्रहरी टोली मंगलबारदेखि नै खटिएका छन् । हत्याको कारण धनसम्पत्ति हुन सक्ने भन्दै प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेको थियो तर घरबाट १५ तोला सुन र ५ लाख नगद भेटिएपछि प्रहरीको अनुसन्धान मोडिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

















PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
Nepali national Amrit Jha released
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया