असोज १ गतेदेखि देशैभर सस्तो बजार सञ्चालन

काठमाडौं । सरकारले असोज १ गतेदेखि सस्तो पसल सञ्चालन गर्ने भएको छ । दशैंलाई लक्षित गरी देशैभर ८१ वटा सस्तो पसल सञ्चालन गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सस्तो सहुलियत दरको पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
असोज १ गतेबाट असोज २४ गतेसम्म काठमाडौं उपत्यकासहितका ४० जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ४३ वटा र साल्ट ट्रेडिङले सञ्चालन गर्ने ३८ वटा सहुलियत पसल सञ्चालन हुने मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दशैं लक्षित सहुलियत पसल सञ्चालन गर्न मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङलाई परिपत्र गरिसकेको जनाएको छ ।
सहुलियत पसलमा खसी र च्याङ्ग्राको साथै नून चामल, तेल, दाल, चिउरा, लगायतका दैनिक उपभोग्य वस्तुहरु पाउन सकिन्छ ।
खाद्यको काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल हुनेछ भने अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्ल्लामा सञ्चालनमा आउने जनाइएको छ ।

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया